एमालेबाहेक अरुले देश बनाउन सक्दैन : ओली

एमालेबाहेक अरुले देश बनाउन सक्दैन : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश एमाले पार्टी बाहेकले बनाउन नसक्ने बताएका छन्।

शुक्रबार पोखरामा आयोजित महाकाली—मेची अभियानअन्तर्गत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सत्ता गठबन्धन नेकपा एमालेको विरोध गर्ने काममा मात्रै लागेको आरोप लगाए।

उनले गठबन्धन सरकार विकास निर्माण र जनताको पक्षमा नरहेकाले यस अवस्थालाई तोड्नका लागि नेकपा एमालेले मिसन ०८४ अघि सारेको बताए।

उनले भने, ‘नेकपा एमाले एउटा साधारण प्रतिपक्ष होइन। देशको सबैभन्दा बढी लोकप्रिय पार्टी हो। एमालेबाहेक अरु कसैले यो देश बनाउन सक्दैन, त्यो त स्पष्ट भइसक्यो। भएभरका बुद्धि त अहिले गठबन्धन सरकारमा लगाएकै छ नि। उनीहरुको काम भनेको एमालेको विरोध गर्ने हो, खेदो खन्ने हो। राष्ट्रियताको पक्षमा उनीहरु शिर निहुराउँछन्।'

मंसिर २२, २०८० शुक्रबार १४:४४:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।