हाेटलमा लगेर पटक-पटक बलात्कार गरेको अभियोगमा झापाका युवक पक्राउ

हाेटलमा लगेर पटक-पटक बलात्कार गरेको अभियोगमा झापाका युवक पक्राउ

झापा : २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा गाउँपालिका-४ बस्ने २२ वर्षीय जसवन्त कुमार गणेश रहेका छन्। उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

गणेशले ती महिलालाई विर्तामोड नगरपालिका-५ शनिश्चरे रोडस्थित मुन लाईट होटलमा पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो।

उजुरीको आधारमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

मंसिर २२, २०८० शुक्रबार १३:१८:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।