गाउँगाउँमा सिंहदरबार ल्याउँदा विकृति पनि सँगसँगै आयो : मातृका यादव

गाउँगाउँमा सिंहदरबार ल्याउँदा विकृति पनि सँगसँगै आयो : मातृका यादव

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव मात्रिका प्रसाद यादवले काठमाण्डौंको सिहंदरवार गाउँगाउँमा ल्याउँदा विकृति र विसंगति पनि सँगसँगै आएको बताएका छन्।

सल्यानको बागचौरमा आयोजित सांस्कृतिक कार्यक्रम तथा संकल्प सभालाई सम्बोधन गर्दै नेता यादवले गाउँगाउँमा सिहंदरबार आउँदा गाउँका सिहंदरवारमा पनि समस्या देखा परेको बताए।

उनले भने, ‘जनतालाई आफ्नै गाउँघरमा सिहंदरवारको अधिकार त दिलाउन सफल भयौं तर त्यस सँगसँगै केही विकृति पनि साथमा आउँदा जटिलता देखिएको छ।’

माओवादीले सञ्चालन गरेको तीन महिने विशेष अभियानले त्यस खालका विकृतिलाई रोक्न पार्टीले सबै तहमा सजगता अपनाउदै खबरदारी गर्नुपर्ने उनको जोड छ।

मंसिर २१, २०८० बिहीबार १४:५३:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।