सुनको मूल्य बढ्दा चाँदीको घट्यो
काठमाडौं : साताको चौथो दिन सुनको मूल्य बढ्दा चाँदीको घटेको छ।
मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढ्दा चाँदीमा तोलाको २० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख १८ हजार ६ सय रुपैयाँ कायम हुँदा तेजाबी सुन तोलाको १ लाख १८ हजार ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।
चाँदीको मूल्य मंगलबार १ हजार ४८० रुपैयाँ हुँदा बुधबार १ हजार ४६० रुपैयाँ कायम भएको छ।
मंसिर २१, २०८० बिहीबार १३:३४:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।