प्रधानमन्त्री दाहाल र वरिष्ठ अमेरिकी अधिकारी लाउबाचरबीच शिष्टाचार भेट

प्रधानमन्त्री दाहाल र वरिष्ठ अमेरिकी अधिकारी लाउबाचरबीच शिष्टाचार भेट

काठमाडौं : नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शिष्टाचार भेटवार्ता भएको छ।

दुईबीच बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार भेटका क्रममा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ।

दक्षिण एसिया क्षेत्र हेर्ने अमेरिकी अधिकारी लाउबाचर बुधबार विहान काठमाडौं आएकी थिइन्।

मंसिर २१, २०८० बिहीबार ११:०८:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।