विश्वप्रकाश शर्मा भन्छन्- ‘एनसेलको खरिद-बिक्री शंकास्पद छ, गहिरो अनुसन्धान हुनुपर्छ’

विश्वप्रकाश शर्मा भन्छन्- ‘एनसेलको खरिद-बिक्री शंकास्पद छ, गहिरो अनुसन्धान हुनुपर्छ’

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एनसेलको सेयर खरिद-बिक्री प्रकरणमा सरकार र दलहरू कठोर बन्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभा सदस्य समेत रहेका शर्माले ६ वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउने एनसेलमा अहिले भएको सेयर खरिद-बिक्री शंकास्पद रहेको बताए।

शर्माले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘एनसेलको खरिद-बिक्री शंकास्पद छ, यो अपार कर छलीको गहिरो अनुसन्धान जरूरी छ। अनियमितताविरूद्ध सरकार, प्रतिपक्ष, प्रेस र नागरिक सम्पूर्ण रूपले एकढिक्का उभिने संकेत सकारात्मक छ।’

‘अत्यावश्यक ऎन संशोधन र परिमार्जन गरेर कार्यान्वयनमा नल्याउनुको कमजोरी आत्मसात गर्दै जवाफदेहीपूर्ण ढंगले कार्य गरौं,’ उनले अगाडि भनेका छन्, ‘बाह्य लगानीको थप सुरक्षित वातावरण निर्माण गर्दै सकारात्मक सन्देश सम्प्रेषण गरौँ।’

मंसिर २१, २०८० बिहीबार ११:०८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।