चीनको बीआरआई परियोजनाबाट बाहिरियो इटाली

चीनको बीआरआई परियोजनाबाट बाहिरियो इटाली

एजेन्सी : चीनको सबैभन्दा महत्त्वपूर्ण बेल्ट एण्ड रोड परियोजना (बीआरआई) बाट इटाली आधिकारिक रूपमा बाहिरिएको छ।

समाचार एजेन्सी रोयटर्स र एएफपीका अनुसार इटालीले चीनलाई पत्रमार्फत यसबारे जानकारी दिएको छ।

चीनको यो योजनामा ​​इटाली चार वर्षअघि सामेल भएको थियो।

चीनको बीआरआई परियोजनामा सहभागी हुने पहिलो र एक मात्र पश्चिमी देश थियो।

तर यस वर्ष जुलाईमा, देशका रक्षामन्त्री गुइडो क्रोसेटोले यसलाई हतार भएको निर्णय भनेका थिए। उनले यसलाई विनाशकारीको संज्ञा दिएका थिए।

यस परियोजनाले देशको निर्यात नबढ्ने र देशलाई कुनै पनि फाइदा नपुग्ने भएकाले बाहिरिने निर्णय गरेकाे रक्षामन्त्रीले थप स्पष्ट पारे।

इटालीको यो निर्णयले चीनसँग उसको सम्बन्धमा नकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ।

बीआरआई परियोजनाले देशलाई थप ऋणमा धकेल्ने भन्दै नेपालमा पनि बीआरई परियोजनबाट बाहिरिनुपर्ने आवाज उठिरहेका छन्।

मंसिर २१, २०८० बिहीबार ०७:४३:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।