एनसेल प्रकरणमा कारवाही गर्न सत्ता गठबन्धनमा भिन्न मत छैन : प्रवक्ता सापकोटा

एनसेल प्रकरणमा कारवाही गर्न सत्ता गठबन्धनमा भिन्न मत छैन : प्रवक्ता सापकोटा

काठमाडौं : सत्तारुढ दल माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले एनसेलको सेयर खरिद–बिक्री अस्वाभाविक, जालसाजी र रहस्यमय भएको बताएका छन्। 

सापकोटाले गठबन्धन दल र सरकारले अध्ययन गरेर निस्कने निष्कर्षअनुसार एनसेल खरिद विक्री प्रकरणमा कारवाही हुने बताए।

भक्तपुरमा बुधबार आयोजित सञ्चार–संवाद कार्यक्रममा प्रवक्ता सापकोटाले सत्तारुढ दलहरूले एनसेल प्रकरणलाई अस्वाभाविक मानेर एक शक्तिशाली छानविन समिति गठन गर्ने निर्णय गरेको स्पष्ट पारे। 

‘एनसेलको सेयर खरिदबिक्री नै शंकास्पद, रहस्यमय र मुलुकलाई घाटा पार्ने खालको भएकाले यसलाई छानविन गरेर कडाइकासाथ कारवाही गर्नुपर्दछ, सरकार यस विषयमा कुनै द्विविधामा छैन।’ उनले भनें ।

मंसिर २०, २०८० बुधबार १६:४४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।