कोकाकोला नेपालले वितरण सुधार्न ल्यायो‘कोक बडी’ एप

कोकाकोला नेपालले वितरण सुधार्न ल्यायो‘कोक बडी’ एप

काठमाडौँ : कोकाकोला नेपालले मोबाइल एप्लिकेसन ‘कोकबडी’ एप सार्वजनिक गरेको छ।

वितरणलाई अझै प्रभावकारी बनाउन र नेपालभर आफ्नो उपस्थितिलाई सुदृढ गर्ने उद्देश्यले एप ल्याइएको बुधवार आयोजित कार्यक्रममा जानकारी दिइयो।

एपमार्फत रिटेलहरूले जुनसुकै समय र स्थानबाट डिस्ट्रिब्युटरहरूमार्फत कोकाकोलाका पेय पदार्थहरू छिटो  र सहज रूपमा अर्डर गर्न सक्ने कार्यक्रममा जानकारी दिइयो।

नेपालभरका कोकको २ सय ५६ वितरक र १ लाख ५६ हजार आउटलेटहरूलाई जोड्दै यो नयाँ मोबाइल एप्लिकेसनले कोकाकोलाका उत्पादनहरू वितरण गरिने शैलीलाई डिजिटल रूपमा रूपान्तरण गर्ने कम्पनीले बताएको छ।

कार्यक्रममा बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ डिरेक्टर दीपकनाथ सेन्थिलले नयाँ कोकबडी एपले वितरक र रिटेलर आउटलेटहरूलाई सहज रूपमा जोड्न र अर्डर लिनदिन सजिलो बनाउने बताए।

अझै पनि परम्परागत रूपमै अर्डर गर्ने शैलीमा निर्भर उद्योगको लागि २४ घण्टा चाँडोभन्दा चाँडो अर्डरहरू लिन र दिन मिल्ने क्षमता भएको एप एउटा ठुलो परिवर्तन भएको उनको भनाइ छ।

कोकाकोला बेभरेजेज् नेपालका कमर्सियल डिरेक्टर युनुस रियादीले सुविधाजनक रूपमा अर्डर गर्ने एप कोकबडी विशेष रूपमा आफ्ना रिटेलरहरूका लागि तयार पारिएको बताए।

मंसिर २०, २०८० बुधबार १६:२५:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।