अर्थतन्त्र लय पक्रियो भन्ने ठाउँमा पुगेन : प्रधानमन्त्री

अर्थतन्त्र लय पक्रियो भन्ने ठाउँमा पुगेन : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, अर्थतन्त्रले राम्रो लय समात्न नसकेको स्वीकार गरेका छन्।

बुधबार ललितपुरमा नेपालको अर्थतन्त्र र शासकीय सुधार विषयक अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले  अर्थतन्त्रमा सामान्य सुधार भए पनि राम्रो लय समात्न नसकेको बताएका हुन्।

अर्थतन्त्रका समस्याका समाधानमा सामान्य हेरफेर, सामान्य सुधारका उपायले मात्रै काम गर्ने अवस्था नदेखिएको र रेडिकल्ली रिफर्मतिर जान जरुरी रहेको बताए।

‘हामीले गुणात्मक सुधारका उपायहरूको खोजी गर्न जरुरी छ। हाम्रा नीतिगत रूपमा र  संरचनागत रूपमा कहाँ चुकेका छौँ, हाम्रा कार्यशैलीमा सीमा कहाँनिर छन्, त्यो विषयको गहिरो छानबिन हुनुपर्छ भनेको थिए र अब चाँडै ती कार्यक्रमको तर्जुमा गर्ने दिशातिर अगाडि जाँदैछौँ।’

उनले नागरिकले तत्काल सुधार देखेनन् भने अरू फिलोसफी, पोलटिक्स जनतालाई त्यति मतलबको कुरा नहुने र भन्दै साना साना कुरामा सुधार भयो कि भएन भनेर नागरिकको असन्तुष्टि र असन्तुष्टि प्रकट हुने बताए।

‘सरकारले सुधार गर्न मेहनत गरेको छ, तर परिणाममा नागरिक सन्तुष्ट हुने ठाउँसम्म पुगेको छैन। अर्थतन्त्र पनि लय पक्रियो भन्ने ठाउँमा पुगेको छैन।’

मंसिर २०, २०८० बुधबार १६:१५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।