सरकारलाई एनसेलको जवाफ- ‘नेपालको कानुन पालनामा प्रतिबद्ध छौँ’
काठमाडौं : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटाले नेपालको कानुन पालना गर्ने प्रतिबद्धता जनाएको छ।
८० प्रतिशत सेयर बिक्री गर्दा आजियाटाले नेपालको कानुन मिचेको चर्चा भइरहँदा एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणले सोधेको प्रश्नको जवाफमा यस्तो बताएको हो।
एनसेलको पत्रमा भनिएको छ, ‘एनसेल कानुनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकाले आफ्नो कानुनी कर्तव्य पालन गर्न कटिबद्ध छ।’
पूँजीगत लाभकर छलि गरेको भन्दै प्रश्न उठेपछि संघीय संसद अन्तर्गतको अर्थ समितिको बुधबार बसेको बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेलले पठाएको जवाफबारे जानकारी गराएका हुन्।
खरिद मूल्य भन्दा निकै कम मूल्यमा आजियाटाले एनसेलको सेयर बिक्री गरेको सार्वजनिक गरेपछि प्राधिकरणले मंसिर १५ गते एनसेललाई सेयर किनबेचअघि स्वीकृति लिन निर्देशन दिँदै पत्र लेखेको थियो।
एनसेलको सेयर बिक्रीको विषयमा छानबिन गर्ने सरकारको तयारी छ।
हेर्नुहोस् पत्रः-
मंसिर २०, २०८० बुधबार १४:३४:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।