रमेश कर्प र बोन्जोय ट्राभलबीच साझेदारी
काठमाडौं : नेपालको एक व्यापारिक समूह रमेश कर्पले आधिकारिक ट्राभल पार्टनरको रूपमा बोन्जोय ट्राभलसँग रणनीति साझेदारी गरेको छ।
यो साझेदारीले रमेश कर्पका हितग्राहीहरूको यात्रा अनुभवलाई सुधार गर्ने कम्पनीको विश्वास छ।
रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवालले आफ्ना हितग्राहीलाई नयाँ सेवाहरू प्रदान गर्न पाउँदा हर्षित भएको बताएका छन्।
‘यो रणनीतिक साझेदारीले हाम्रा कर्मचारी र ग्राहकहरूको यात्राको अनुभवलाई सरल र उत्साहजनक बनाउँछ भन्ने विश्वास लिएका छौँ’, उनले भने।
मंसिर २०, २०८० बुधबार १३:३३:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।