इजरायली पूर्वप्रधानमन्त्रीले भने- ‘नागरिकलाई हानी पुर्याउन चाहेको भए एक दिनमा युद्ध जित्थ्यौँ’

इजरायली पूर्वप्रधानमन्त्रीले भने- ‘नागरिकलाई हानी पुर्याउन चाहेको भए एक दिनमा युद्ध जित्थ्यौँ’

एजेन्सी : इजरायलका पूर्वप्रधानमन्त्री नफ्ताली बेनेटले आफूहरूले नागरिकलाई हानी पुर्याउन नचाहेको बताएका छन्।

बीबीसीसँगको भिडियो कुराकानीमा पूर्वप्रधानमन्त्री बेनेटले आफूले नागरिकलाई हानी पुर्याउन चाहेको भए एक दिनमा युद्ध जित्ने दाबी गरे।

उनले भने, ‘यदि हामीले नागरिकहरूलाई हानि पुर्याउन चाहन्थौँ भने अक्टोबर ८ अर्थात एकै दिनमा सम्पूर्ण युद्ध जित्न सक्थ्यौँ।’

युद्ध रणनीतिको बचाउ गर्दै पूर्व प्रधानमन्त्री बेनेटले इजरायलले गाजामा संयमता देखाएको दाबी गरे।

‘हामीले गाजामा अन्धाधुन्ध बमबारी गर्न सक्थ्यौँ, यो संसारमा सबैभन्दा सजिलो चीज हो, इतिहासमा अरुले त्यस्तो गरेको पनि देखिएकै हो। तरे हामी त्यो गर्दैनौँ’, उनले थपे।

अरुसँग अझ राम्रो योजना भए सुझाउन आग्रह गर्दै उनले हमासलाई सक्नुको विकल्प नभएको दोहोर्याए।

इजरायललाई निकटस्थ अमेरिका सहित अन्तर्राष्ट्रिय समुदायले नागरिक नागरिक हताहतीलाई सीमित गर्न आग्रह गरिरहेको छ।

हमासका अधिकारीहरूका अनुसार गाजामा द्वन्द्व सुरु भएदेखि कम्तीमा १६ हजार २४८ व्यक्ति मारिएका छन्। जसमध्ये तीन चौथाइ महिला र बालबालिका छन्।

मंसिर २०, २०८० बुधबार १३:११:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।