आज पनि घट्यो सुनचाँदीको भाउ
काठमाडौं : साताको चौथो दिन बुधबार सुनको भाउ ८ सय रुपैयाँले घटेको छ।
बुधबार सुनको भाउ तोलामा ८ सयले घटेर १ लाख १८ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको भाउ मंगलबार पनि तोलामा २ हजार ४ सयले घटेको थियो। मंगलबार छापावाल सुन तोलाको १ लाख १९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो।
सोमबार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो।
बुधबार चाँदीको भाउ पनि घटेको छ। हिजो तोलामा ४५ ले घटेर १ हजार ५ सयमा झरेको चाँदी आज २० रुपैयाँले घटेर १ हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
मंसिर २०, २०८० बुधबार ११:३५:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।