तालिबान राजदूतलाई आधिकारिक दर्जा दिने चीन पहिलो देश

तालिबान राजदूतलाई आधिकारिक दर्जा दिने चीन पहिलो देश

एजेन्सी : चीनले अफगानिस्तानका लागि तालिबान सरकारले नियुक्त गरेको कुटनीतिज्ञलाई राजदूतको रूपमा स्वीकार गरेको छ।

तालिबानले नियुक्त गरेको राजदूत स्वीकार गर्ने चीन पहिलो देश हो।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले मंगलबारको पत्रकार सम्मेलनमा चीनले तालिबानलाई अफगानिस्तानको वैध सरकारको रूपमा स्वीकार गर्छ कि गर्दैन भनेर प्रश्न गरिएको थियो।

जवाफमा उनले भनेका थिए, ‘चीन अफगानिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट बाहिर निकाल्नु हुँदैन भन्ने विश्वास गर्छ।’

यसअघि पनि तालिवानले मनोनित गरेको बिलाल करीमीलाई राजदूतको हैसियत दिएको चीनबाट आएको थियो।

अगस्ट २०२१ मा, तालिबानले अमेरिकी सैनाहरूलाई अफगानिस्तानबाट भगाएर सत्तामा आएपछि पाकिस्तान र रुससँगै काबुलमा आफ्नो दूतावास कायम राखिरहने चीन तेस्रो देश थियो।

हालसालै भारतमा अफगानिस्तानको दूतावास बन्द गरिएको छ। त्यसपछि तालिबान सरकारले भारतमा नयाँ दूतावास खोल्ने इच्छा व्यक्त गरेको थियो।

मंसिर २०, २०८० बुधबार १०:२८:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।