शौर्य सिमेन्टले भारत निर्यात गर्न थाल्यो क्लिङ्कर

शौर्य सिमेन्टले भारत निर्यात गर्न थाल्यो क्लिङ्कर

काठमाडौं : शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले उत्पादन गरेको क्लिङ्कर भारत निर्यात गर्न थालेको छ।

मंसिर १६ गते एका कार्यक्रम गरी औपचारिक रुपमा क्लिङ्कर भारत निर्यात थालिएको कम्पनीले जनाएको छ।

उदयपुरको चुनढुङ्गाबाट उत्पादित क्लिङ्कर तथा सिमेन्टमा न्यून एमजीओ तथा उच्चस्तरिय चुनढुङ्गा समिश्रण रहेको पुष्टि भएपछि भारतका सिमेन्ट उद्योगले यसको माग गरेका हुन्।

माघ २०७८ बाट व्यवसायिक उत्पादन सुरुवात गरको यस उद्योगको क्षमता ३ हजार मेट्रिक टन छ।

व्यावसायिक घराना शंकर गु्रप, गोल्छा गु्रप तथा अम्बे गु्रपको संयुक्त लगानीमा सिराहाको मिचैयामा अवस्थित यस उद्योगले ओपीसी (५३ ग्रेड,४३ ग्रेड) र पीपीसी सिमेन्ट उत्पादन गदै आएको छ।

मंसिर २०, २०८० बुधबार ०९:१०:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।