एनसेलको सेयर बिक्रीबारे सत्ताधारी दलसँग प्रधानमन्त्रीको छलफल
काठमाडौँ : मलेसियन कम्पनी आजियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर विक्री गरेको विषयमा प्रधानमन्त्रीले सत्ताधारी दलका नेताहरुसँग छलफल गरेका छन्।
उनले सत्ताधारी दलका नेताहरूलाई बालुवाटारमा रहेको प्रधानमन्त्री निवासमा बोलाएर आजियाटाको शेयर विक्रीमा देखिएको समस्याबारे छलफल गरेका हुन्।
छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतका दलका नेतासँगै अर्थमन्त्री डा प्रकाशरण महत, सञ्चारमन्त्री रेखा शर्मा लगायतका मन्त्रीहरू समेत संलग्न छन्।
मंसिर १९, २०८० मंगलबार १८:५९:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।