रेडबुलले नेपालमा फ्याक्ट्री खोल्यो, अब नेपालमै उत्पादन हुने
काठमाडौँ : रेडबुल अब नेपालमै उत्पादन हुने भएको छ। थाइल्यान्डमा उत्पादन सुरु भएको रेडबुल ब्रान्ड आयात रोकिएपछि नेपालमै फ्याक्ट्री स्थापना भएको हो।
सरकारले रेडबुल लगायतका इनर्जी ड्रिक्सको आयातमा प्रतिबन्ध लगाए पनि बजारमा भने रोकिएको थिएन। अबैध रुपमा नेपाली बजारमा विक्री भइरहेको थियो।
अब भने रेडबुलले नेपालमै उत्पादन गर्न नवलपरासीमा फ्याक्ट्री स्थापना गरेको छ। मङ्गलवार अर्थमन्त्री प्रकाशशरण महतले फ्याक्ट्रीको उद्घाटन गरेका थिए।
उद्घाटन कार्यक्रममा उनले रेडबुल अब नेपालमै उत्पादन सुरु भएको छ र यसले रोजगारी बढाउने बताए।
माग अनुसार तीनवटै सिफ्ट फ्याक्ट्री सञ्चालन भयो भने तीन गुणा रोजगारी बढ्ने र आम्दानी पनि यो क्षेत्रका लागि तीन गुणा बढ्ने भन्दै यसले राजश्व समेत बढ्ने बताएका थिए।
मंसिर १९, २०८० मंगलबार १५:३०:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।