दक्षिण कोरियाको सियोलमा चालकविहीन रात्री बस सुरू

दक्षिण कोरियाको सियोलमा चालकविहीन रात्री बस सुरू

काठमाडौं : दक्षिण कोरियाको राजधानी सियोेल महानगरमा चालकविनाको स्वचालित रात्री बसहरू सञ्चालनमा आएको छ।

स्वचालित बसहरूले सियोलको व्यस्त जीवनमा राहत दिनसक्ने महानगरले जनाएको छ।

विश्वकै व्यस्त मानिने महानगरमा मध्यरातसम्म काम गरेर आफ्ना बासस्थान फर्कन चाहने मानिसहरूलाई उनीहरूको गन्तव्यसम्म रात्री बसले सेवा दिन थालेपछि मानिसहरू प्रशन्न भएका महानगरकाका अधिकारीहरूले बताएका छन्।

ए २१ नम्बरका दुई रात्रिकालीन बसहरूले सियोलको सबैभन्दा व्यस्त क्षेत्रहरू मध्येका दुई, होङ्देइ र डोङ्देमुन जिल्लासँग जोड्ने २० स्टपहरूबाट सोमबारदेखि रात्री सेवा सुरु गर्न थालेका हुन्।

हुन्डाई मोटरले कमर्सियल भेहिकल मोडेल इलेक्ट्रीसिटीमा परिणत गरिएका बसहरू अन्य नियमित बसहरू जस्तै साइजका छन्। बसमा चढेपछि सबै यात्रुहरूले सिट बेल्ट लगाउनुपर्छ भने यात्रुहरूलाई उभिएर यात्रा गर्न पाउने छैनन्।

सेवाको पहिलो दिन सोमबार, दुई सुरक्षा गार्डहरू बसहरूमा सवार थिए, जसमा टेस्ट ड्राइभर पनि थिए। उनीहरू चालकको सिटमा बसेका थिए तर स्टेयरिङ्ग भने समातेनन्। तिनीहरू नियमित बसहरू भन्दा सुस्त गतिमा गुडेका थिए।

मंसिर १९, २०८० मंगलबार १२:१६:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।