२४ सय रुपैयाँले घट्यो सुनको भाउ

२४ सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं : साताको तेस्रो दिन सुनको मूल्य २४ सय रुपैयाँले घटेको छ।

आइतबारदेखि बढेर लगातार रेकर्ड बनाइरहेको सुनको मूल्य मंगलबार भने घटेको हो।

मंगलबार तोलामा २४ सय रुपैयाँ घटेर १ लाख १९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार तेजाबी सुनको मूल्य मंगलबार १ लाख १८ हजार ६५० रुपैयाँ भएको छ।

यस्तै चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँ घटेर १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

मंसिर १९, २०८० मंगलबार ११:१३:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।