प्रत्येक उडानको टिकट खरिदमा एक सय रुपैयाँ क्यासब्याक
काठमाडौं : डिजिटल भुक्तानी सेवा ‘नमस्ते पे’ले ग्राहकलाई हरेक उडान टिकट खरिदमा एक सय रुपैयाँ क्यासब्याक दिने भएको छ।
मंसिर १५ गतेदेखि कम्पनीले सुरू गरेको योजना आगामी पुस १४ गतेसम्म लागू हुनेछ।
योजना अन्तर्गत यात्रुले क्यासब्याकको लागि योग्य हुन प्रोमोकोड प्रयोग गर्नुपर्दैन। हरेक टिकटमा क्यासब्याक पाइने भएकाले यात्रुले जति धेरै टिकट खरिद गर्छन्, उति धेरै क्यासब्याक पाउनेछन्।
नमस्ते पे प्रयोगकर्ताहरूले नमस्ते पे वालेटबाट सस्तो र सुरक्षित टिकट बुकिङ गर्नसक्ने कम्पनीले दाबी छ।
मंसिर १९, २०८० मंगलबार ०९:१७:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।