रियलमीको ‘दशैं तिहार उमङ्गः उपहारले सबै दंग’ को विजेताले पाए स्कुटर र टेलिभिजन
काठमाडौं : टेक्नोलोजी ब्रान्ड रियलमीले ‘दशैं तिहार उमङ्गः उपहारले सबै दंग’ क्याम्पेनका विजेताहरू घोषणा गरेको छ।
क्याम्पेनको बम्पर उपहारमा टिभिएस एन्टर्क स्कुटर, वासिङ मसिन, रियलमी जिटी प्रो २ र टेलिभिजन सेट राखिएको थियो।
न्यू रामेश्वरम सप्लायर्सबाट बिनिता चौधरीले टिभिएस एनटर्क स्कुटर र भरत ट्रेड प्रालिबाट प्रकाश अधिकारीले बम्पर पुरस्कारको रूपमा रियलमी जिटी २ प्रो स्मार्टफोन जित्न सफल भएका छन्।
त्यसैगरी एसबी भिजनबाट बाबुराम बस्नेतले ७ केजीको कोनका अटो वासिङ मेसिन र ओम मोबाइल सेल्स सेन्टरबाट मनिषा महासेठले ५५ इन्चको फोरके कोनका टेलिभिजन जित्न सफल भएका छन्।
कार्यक्रममा रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले विजयी सबैलाई बधाई दिँदै ग्राहकहरूले माया र साथका लागि धन्यवादसमेत दिए।
नेपालीहरूको महान पर्व दशैँ, तिहार एवं छठको उपलक्ष्यमा रियलमीले दशैँ तिहार उमङ्गः उपहारले सबै दङ्ग क्याम्पेन ल्याएको थियो। यो क्याम्पेन असोज २८ गतेदेखि कर्तिक २९ सम्म जारी थियो।
मंसिर १९, २०८० मंगलबार ०९:०५:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।