निगमका कार्यकारी अध्यक्षलाई ‘अकाउन्टेबल म्यानेजर’बाट हटाउन प्राधिकरणले सोध्यो स्पष्टीकरण

निगमका कार्यकारी अध्यक्षलाई ‘अकाउन्टेबल म्यानेजर’बाट हटाउन प्राधिकरणले सोध्यो स्पष्टीकरण

काठमाडौं : नेपाल नागरिक उड्ययन प्राधिकरणले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई अकाउन्टेबल म्यानेजरबाट हटाउनका लागि स्पष्टीकरण सोधेको छ।

युरोपियन युनियन (ईयु)ले तोकेको मापदण्ड पूरा नगरेको भन्दै निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई अकाउण्टेबल म्यानेजरबाट किन नहटाउने भन्दै प्राधिकरणले मंसिर १५ गते प्रष्टीकरण सोधेको हो।

‘विभिन्न लेखापरीक्षण र प्रतिवेदनको नतिजाले तपाईंको वायुसेवा कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्ट्यान्डर्ड सुरक्षा व्यवस्थापन प्रणाली कायम गर्न सक्षम नभएको देखाएको छ,’ पत्रमा भनिएको छ, ‘यस सन्दर्भमा, तपाईंलाई निगमको अकाउटेबल म्यानेजरको जिम्मेवारीबाट किन नहटाउने?’

प्राधिकरणका डेपुटी म्यानेजर विनय गिरीले काटेको पत्रमा सात दिनभित्र आफ्नो स्पष्टीकरण पेश गर्न कार्यकारी अध्यक्षलाई निर्देशन दिइएको छ।

इयुले राखेको प्रतिवेदनमा भने प्राधिकरण, श्री एयरलाइन्स र नेपाल वायुसेवा निगम तीनै पक्षको राम्रो पक्ष र नराम्रो पक्ष सहित सुझाव दिएको थियो। निगममा अकाउन्टेबल म्यानेजर पद महत्वपूर्ण मानिन्छ। जहाज हेर्ने मूल काम नै यहि म्यानेजर पदको हुन्छ।

यसअघि ग्राउन्ड ह्यान्डलिङको शुल्क घटाउन निर्देशन दिँदा पनि नघटाएको भन्दै कार्यकारी अध्यक्षसमेत रहेका अधिकारीलाई प्राधिकरणले अकाउण्टेबल म्यानेजरबाट हटाउने चेतावनी दिएको थियो।

समयअनुसार ग्राउन्ड ह्यान्डलिङको शुल्क बढाउनुपर्नेमा उड्डयनका महानिर्देशक प्रदीप अधिकारीले घटाउन निर्देशन दिएका थिए।

मंसिर १८, २०८० सोमबार २०:५०:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।