तारागाउँ रिजेन्सीको सेयर कारोबार नेप्सेले रोक्यो
काठमाडौँ : लाभांश घोषणाको जानकारी समयमा नदिएको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार रोक्का गरेको छ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत सङ्गठित संस्थाले नेप्सेमा पेस गर्नुपर्ने नियम छ।
तर होटेलको मङ्सिर १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेर मङ्सिर १७ गते आइतबार बेलुका ५.१५ बजे मात्र जानकारी दिएको थियो।
लाभांश घोषणा सम्बन्धी जानकारी समयमा नै नदिएको भन्दै नेप्सेले होटेलको शेयर कारोबार रोक्का गर्दै पत्र प्राप्त भएको मितिले ३ कार्यदिन भित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
मंसिर १८, २०८० सोमबार १६:१०:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।