मुगुमा हिमपात, विद्यालय बन्द

मुगुमा हिमपात, विद्यालय बन्द

काठमाडौं : आइतबार रातिबाट परेको अविरल वर्षाका कारण मुगुलगायत हिमाली जिल्लामा हिमपात भएको छ।

हिमपात भएसँगै त्यहाँको जनजीवन प्रभावति भएको छ। त्यहाँको एक मात्र ताल्चा विमानस्थल बन्द भएको छ। हवाई सेवा बन्द हुँदा सुर्खेत, नेपालगञ्ज र काठमाडौं जाने यात्रुहरू अलपत्र परेका छन्।

हिमपातका कारण मुगुको पर्यटकीय केन्द्र रारा ताल सेताम्मे भएको छ। घुम्न आएका पर्यटकरू विहानैदेखि फर्कन हतार गरेको रारा राष्ट्रिय निकुन्जका रेन्जर हिमाली खत्रीले बताइन्।

वर्षासँगै हिमपात हुँदा किसानहरू भने खुसी भएका छन्। हिमपातले जौ, गहुँ लगायतका हिउँदे बालीको उत्पादन बढ्ने र अन्य बालीमा लाग्ने विभिन्न रोगहरू पनि कम हुने गर्छ।

हिमपातका कारण जिल्लाका सामुदायिक र निजी विद्यालयहरू बन्द भएका छन्। उता सरकारी कार्यालयका सेवाहरूलाई समेत समस्या भएको स्थानीय चित्रबहादुर मल्लले जानकारी दिए।

मंसिर १८, २०८० सोमबार १४:२४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।