सुनको भाउ तोलाको १ लाख २१ हजार नाघ्यो

सुनको भाउ तोलाको १ लाख २१ हजार नाघ्यो

काठमाडौं : हप्ताको दोस्रो दिन सुनको भाउ ८ सय रुपैयाँ बढेर १ लाख २१ हजार नाघेको छ।

दिनदिनै नयाँ रेकर्ड बनाएको सुनको मूल्य प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयााँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले सुन महँगिएको हो।

आइतबार प्रतितोला १ लाख २० हजार ८ सयमा सुनको कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुनको मूल्य १ लाख २१ हजार कायम भएको छ।

नेपाली बजारमा चाँदीको मूल्य भने प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा स्थिर छ।

मंसिर १८, २०८० सोमबार १४:०७:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।