हमासको सरकारी मिडियाले भन्यो- २४ घण्टामा सात सयभन्दा बढी सर्वसाधारण मारिए

हमासको सरकारी मिडियाले भन्यो- २४ घण्टामा सात सयभन्दा बढी सर्वसाधारण मारिए

एजेन्सी : इजरायलले आइतबार युद्धग्रस्त गाजापर्टीका विभिन्न क्षेत्रमा हवाइ आक्रमण गर्दा सात सयभन्दा बढी सर्वसाधारण मारिएको दाबी गरिएको छ।

​यस क्रममा सयौँ मानिस घाइते भएको हमासको स्वास्थ्य मन्त्रालयले बताएको छ। इजरायली हवाइ हमला उत्तरी पट्टीको जबलिया क्याम्पमा रहेको एक आवासीय भवनलाई निशाना बनाएर भएको थियो।

सो आक्रमणमा ७ सय भन्दा बढी प्यालेस्टाइनी मारिएको हमासको सरकारी मिडिया कार्यालयका निर्देशक इस्माइल अल–थवाबतेहले जानकारी दिए।

यसबाहेक प्यालेस्टाइन सिभिल डिफेन्स सर्भिसले गाजा शहरको पूर्वमा रहेको याफा स्ट्रिटमा इजरायली युद्धक विमानले ध्वस्त पारेका घरमा कैयौँ मानिस मारिएको र घाइते भएको बताएको छ। 

नागरिक रक्षा सेवाका प्रवक्ता महमूद बसालले हालैका केही घण्टामा इजरायली हवाइ आक्रमणमा परी ज्यान गुमाएका ८४ जनाको शव गाजाको अल–मुमालत अस्पतालमा लगिएको जानकारी दिए।

मंसिर १८, २०८० सोमबार १०:५३:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।