झापामा दुई मोटसाइकल पुलमा ठाेक्किँदा एक जनाको मृत्यु. दुई घाइते

झापामा दुई मोटसाइकल पुलमा ठाेक्किँदा एक जनाको मृत्यु. दुई घाइते

विराटनगर : झापाको मेचीनगर नगरपालिका-१३ मा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार आइतबार राति भएको उक्त दुर्घटनामा दुईजना घाइते भएका छन्।

मेचीनगर-१३ फुलवासा पुलमा प्रदेश १-०१-०१६ प ७६४९ र प्रदेश १-०३-००१ प २६५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किएका थिए।

दुर्घटनापछि मोटरसाइकलमा सवार तीनजना घाइते भएका थिए।

बिर्तामोडको बी एण्ड सी अस्पतालमा उपचारका क्रममा झापा गाउँपालिका-३ का २० वर्षीय मनिष बास्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका २० वर्षीय सौरभ बास्कोटाको बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ।

अर्का घाइते २४ वर्षीय सुमन पौडेलको मनकामना अस्पताल चारआलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मंसिर १८, २०८० सोमबार ०९:५३:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।