महाधिवेशनको मिति तय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

महाधिवेशनको मिति तय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं : एकीकृत समाजवादीले महाधिवेशनको मिति तय गर्न सचिवालय बैठक बोलाएको छ।

बैठक सोमबार बिहान ११ बजे आलोकनगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

यसअघि एकीकृत समाजवादीले आगामी माघमा महाअधिवेशन आयोजना गर्ने तय गरेको थियो। त्यो समयमा राष्ट्रिय सभाको निर्वाचन हुने भएकाले नयाँ मिति टुङ्गो लगाउन सचिवालय बैठक बोलाइएको खतिवडाले बताए।

बैठकमा अन्तरपार्टी निर्देशन(अपानि)मा नेताहरूको जिम्मेवारी हेरफेर, र कार्यविभाजन गर्नेदेखि विभिन्न कमिटीमा प्रतिनिधि मनोनयनलगायत आन्तरिक विवाद समाधान गर्न छलफल गरिने खतिवडाले जानकारी दिए। 

साथै नेताहरूको जिम्मेवारी हेरफेर गर्ने तथा पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति, देशभर पार्टी सङ्गठन विस्तार र पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना बनाउनेलगायतका विविध विषयमा छलफल गर्ने बताइएको छ।

मंसिर १८, २०८० सोमबार ०८:३१:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।