कोशीका मन्त्रीले बल्ल पाए जिम्मेवारी, तर मन्त्रीपरिषद्ले अझै पूर्णता पाएन

कोशीका मन्त्रीले बल्ल पाए जिम्मेवारी, तर मन्त्रीपरिषद्ले अझै पूर्णता पाएन

विराटनगर : कोशीका मुख्यमन्त्री केदार कार्कीले कांग्रेस, माओवादी केन्द्र एकिकृत समाजवादीबाट मन्त्री बनेकाहरुको कार्य विभाजन गरेका छन्। तर अझैँ मन्त्रीपरिषद्ले पूर्णता भने पाउन सकेको छैन।

आइतबार उनले कांग्रेसका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन, माओवादी केन्द्रका गणेश प्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र एकीकृत समाजवादीका कमल प्रसाद जबेगुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएका छन्।

मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना, उद्योग, कृषि तथा सहकारी, खानेपानी, सिँचाइ तथा ऊर्जा, सामाजिक विकास र स्वास्थ्य मन्त्रालयको आफैँसँग राखेका छन्।

मंसिर १७, २०८० आइतबार १४:१९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।