त्रिभुवन विमानस्थलमा चिनियाँ नागरिकले बोकेको लगेजमा आगलागी (भिडियो)

त्रिभुवन विमानस्थलमा चिनियाँ नागरिकले बोकेको लगेजमा आगलागी (भिडियो)
तस्बिर- अश्विनीकुमार पुडासैनीको फेसबुकबाट

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु प्रतिक्षा हलमा यात्रुले बोकेको लगेजमा आगलागी भएको छ।

आइतबार बिहान चिनियाँ नागरिकले बोकेको लगेजमा आगलागी भएको विमानस्थलका रहेको नेपाल प्रहरीको ड्युटी अफिसरले जानकारी दिए।

उनका अनुसार चीन जानका लागि बोर्डिङ पास सकेर प्रतिक्षा हलमा बसिरहेका चिनियाँ नागरिकले बोकेको लगेजमा एक्कासी आगलागी भएको हो।

लगेजमा पावर बैंकले ल्यापटप चार्ज गरिराखिएको बुझिएको छ। लगेजमा लागेको आगो तत्कालै निभाइएको ती अफिसरले बताए।

‘केही होइन सामान्य हो, पावर बैंकबाट ल्यापटप चार्ज गरिएको रैछ, त्यहि पड्किएको हो,’ उनले भने, ‘अहिले निभाइसकियो।’

आगो निभाउँदै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको छ।

मंसिर १७, २०८० आइतबार १३:०२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।