१५ केजी चरेश र अफिमसहित दम्पती पक्राउ

१५ केजी चरेश र अफिमसहित दम्पती पक्राउ

बाँके : करिब १५ केजी चरेश र अफिमसहित जिल्लाबाट दम्पती पक्राउ परेका छन्।

कोहलपुर नगरपालिका-८ पिपिरीबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १२ केजी ७ सय ४ ग्राम र अफिम जस्तो देखिने पदार्थ २ केजी ४५ ग्रामसहित दम्पतीलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४० वर्षीय रेवन्त राना र उनकै श्रीमती ३३ वर्षीया कबिता थापा रहेका छन्।

उनीहरूले लागूऔषध कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गरेको थियो।

जाँचका क्रममा प्रहरीले घर, कार तथा सोही ठाउँस्थित यज्ञ रानाको खाली घरमा समेत उनीहरूले लुकाई राखेको उक्त परिमाणको लागूऔषधसहित फेला पारेको थियो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

मंसिर १७, २०८० आइतबार १२:३१:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।