कुचोको डाँठले हिर्काएर बुवाको हत्या, छोरा पक्राउ

कुचोको डाँठले हिर्काएर बुवाको हत्या, छोरा पक्राउ
सांकेतिक तस्बिर

नवलपरासी पूर्व : कुचोको डाँठले हिर्काएर बुवाको हत्या गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मध्यविन्दु नगरपालिका-१० टाँडी बस्ने ३५ वर्षीय रुपेश दराई रहेका छन्। उनलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो।

रुपेशमाथि आफ्नै ६० वर्षीय बुवा होम बहादुर दराईको हत्या गरेको अभियोग छ।

रूपेशले कुचोको डाँठले हिर्काउँदा गम्भीर घाइते भएका होम बहादुरको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको प्रहरी चौकी अरूणखोलाले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

मंसिर १७, २०८० आइतबार १२:२३:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।