फ्लाइ दुबईको विमानबाट आज साँझ स्वदेश फर्कँदै प्रधानमन्त्री दाहाल

फ्लाइ दुबईको विमानबाट आज साँझ स्वदेश फर्कँदै प्रधानमन्त्री दाहाल

काठमाडौं : विश्व जलवायु शिखर सम्मेलन (कोप २८) मा सहभागी हुन यूएई गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किँदै छन्।

प्रधानमन्त्री फ्लाई दुबईको विमानमार्फत् साँझ ६ बजे काठमाडौं आइपुग्ने उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्रीले कोप सम्मेलनको उपलब्धिबारे जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ साढे ६ बजे पत्रकार सम्मेलन आयोजना गरिएको छ।

मंसिर १३ गते प्रधानमन्त्री दाहाल युएई गएका थिए। उनको सवारीका कारण नेपाल एयरलाइन्सले दुई घण्टा अगाडि फ्लाइट सार्दा ३१ यात्रुको होटलमा बास भएपछि प्रधानमन्त्रीको चर्को आलोचना भएको थियो।

शनिबार कोप २८ मा सम्बोधन गर्दै उनले बढ्दो तापमानका कारण हिमताल फुट्ने खतरा रहेको बताए।

उनले नेपालले जलवायू परिवर्तनमा भोगिरहेको समस्याबारे विश्वसमुदायको ध्यानाकर्षण गराउँदै सहयोग माग गरे।

मंसिर १७, २०८० आइतबार ०९:५३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।