ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् र दुई छोरा घाइते

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् र दुई छोरा घाइते

तनहुँ : जिल्लामा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ।

बा.प्र.०१-००६ ख २८६१ नम्बरको ट्रकको ठक्करबाट भीमाद नगरपालिका-९ थामडाँडा निवासी २६ वर्षीया सुकमाया विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा परी ग १७ प ६५९७ नम्बरको मोटरसाइकलमा सवार तीन जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले बताए।

दमौलीबाट पोखरा जाँदै गरेको चार जना सवार मोटरसाइकललाई ट्रकले म्याग्दे गाउँपालिका-६ मौरीबजारस्थित पृथ्वीराजमार्ग सडक खण्डमा ठक्कर दिएको थियो।

मोटरसाइकल चालक मृतक सुकमायाका श्रीमान् रामचन्द्र, छोरा छ वर्षीय गुराँस र तीन वर्षीय सुमन घाइते भएका छन्।

घाइतेको जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ। ट्रक चालकलाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान  गरिरहेको छ।

मंसिर १७, २०८० आइतबार ०७:३८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।