आइतबार राति छ प्रदेशमा बदली हुने

आइतबार राति छ प्रदेशमा बदली हुने

काठमाडौं : कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भागको मौसम सामान्यतया सफा छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। 

महाशाखाका अनुसार राति कोशी, ​बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

राति  गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

मंसिर १७, २०८० आइतबार ०७:२७:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।