शिवम् होल्डिङ्सले १ करोड १६ लाख आईपीओ निष्कासन गर्ने
काठमाडौं : शिवम् सिमेन्ट्स लिमिटेडको करिव ८५ प्रतिशत शेयर लगानी रहेको शिवम् होल्डिङग्स लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ।
जारी पुँजी ५ अर्ब ८० करोड रूपैयाँको २० प्रतिशत बराबर हुने १०० रुपैयाँका दरको १ करोड १६ लाख थान साधारण शेयरहरू सर्व साधारणहरूका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा सार्वजनिक निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको हो।
शिवम् होल्डिङस् लिमिटेडका सञ्चालक अध्यक्ष शिवरतन शारदाको उपस्थितिमा सिद्धार्थ क्यापिटल लिमिटेडसँग शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धि सम्झौता गरेको छ।
उपयुक्त सम्झौता अनुसार कम्पनीले सर्व साधारणमा शेयर निष्कासन गरी बजारमा छरिएर रहेको स–साना पुँजीलाई संकलन गर्दै लगानी थप विस्तार गरी देशको अर्थतन्त्रमा योगदान पु¥याउँदै मुनाफा आर्जन गर्ने विश्वास लिएको छ।
शिवम् होल्डिङग्स लिमिटेडको अधिकृत तथा जारी पूँजी ५ अर्ब ८० करोड रुपैयाँमध्ये संस्थापकहरू तर्फ ८० प्रतिशत अर्थात ४ अर्ब ६४ करोड र सर्वसाधारणतर्फ १ अर्ब १६ करोड रुपैयाँ शेयर पुँजी छुट्याई प्रिमियम मूल्यमा निष्कासन गर्ने प्रक्रिया प्रारम्भ गरेको हो।
मंसिर १६, २०८० शनिबार १२:१६:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।