हमासले बन्धक बनाएको छैटौं इजरायलीको मृत्यु भएको पुष्टि

हमासले बन्धक बनाएको छैटौं इजरायलीको मृत्यु भएको पुष्टि

एजेन्सी : हमासले बन्धक बनाएका ६ जना इजरायलीको मृत्यु भएको पुष्टि भएको छ।

गाजामा बस्ने ७० वर्षीय ओफ्रा किदारको शुक्रबार मृत्यु भएको पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

उनी गत अक्टोबर ७ मा घुम्न बाहिर निस्किएपछि बन्धक बनेकी थिइन्। त्यसबेला उनले कुनै न कुनै तरिकाले आफ्नो परिवारलाई फोन गर्न पाएकी थिइन्।

उनले फोनमा हमासले आफूहरूलाई गोली हान्न लागेको बताएकी थिइन्। ओफ्राका श्रीमान् सामीलाई पनि घरमै हमासले गोली हानेर मारेको थियो।

उनकी छोरीले भने लुकेर ज्यान जोगाएको समाचारमा उल्लेख छ।

यसअघि बीबीसीले हमासले कब्जामा लिएका थप पाँच इजरायलीको मृत्यु भएको जानकारी दिएको थियो।

जसमा २६ वर्षदेखि ८५ वर्षसम्मका व्यक्तिहरू थिए।

मंसिर १६, २०८० शनिबार १०:५७:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।