भारतले एक खेल अगावै जित्यो अष्ट्रेलियाविरुद्धको टी-२० सिरिज
काठमाडौं : अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-२० आई सिरिजको उपाधि भारतले एक खेल अगावै जितेको छ। सिरिजमा भारत ३-१ ले विजयी भयो।
चौथो खेलमा जितका लागि १७५ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ५५ रनमा समेटिएपछि अष्ट्रेलिया २० रनले पराजित भयो।
अष्ट्रेलियाका कप्तान म्याथ्यु वेड सर्वाधिक ३६ रनमा नट आउट रहे। ओपनर ट्रविस हेड ३१, म्याथू सर्ट २२, बेन म्याकमरमोट र टिम डेविडले समान १९/१९ रन जोडे।
भारतका अक्षर पटेलले तीन, दीपक चहरले दुई तथा रवि विश्रोई र आवेश खानले एक-एक विकेट लिए।
त्यसअघि छत्तिसगढको रायपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो।
भारतको जितमा रिंकु सिंहले सर्वाधिक ४६ रन बनाए। जितेश शर्मा ३५, यशस्वी जैसवाल ३७, ऋतुराज गायकवाड ३२ रन जोडे।
अष्ट्रेलियाका बेन ड्वाशिुसले तीन तथा जेसन बेहरनडोर्फ र तनवीर संघाले समान दुई/दुई विकेट लिए।
भारत पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले विजयी हुँदा तेस्रो खेलमा अष्ट्रेलिया पाँच विकेटले विजयी भएको थियो।
पाँचौं तथा अन्तिम खेल आइतबार बेंगलोरमा हुनेछ।
मंसिर १६, २०८० शनिबार ०८:३०:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।