आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली

आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली

काठमाडौं : पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने छ। यस्तै बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

कोशी, गण्डकी  र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको अनुमान छ।

महाशाखाका अनुसार आज राति पनि कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंसिर १६, २०८० शनिबार ०८:१५:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।