नक्कली भुटानी प्रकरणमा मिश्रित आदेश, रायमाझीसहितका प्रभावशाली थुनामै

नक्कली भुटानी प्रकरणमा मिश्रित आदेश, रायमाझीसहितका प्रभावशाली थुनामै

काठमाडौँ : नक्कली भुटानी प्रकरणमा प्रभावशालीलाई थुनामा राखेर मुद्दा प्रक्रिया अगाडि बढाउने जिल्ला अदालतको आदेश उच्च अदालतबाट सदर भएको छ। केहीको भने धरौटी निस्किएको छ।

बालकृष्ण खाँणको हकमा राय बाझिएको छ। संयुक्त इजलासमा खाँणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो।

पाटन उच्च अदालतका  न्यायाधीश जनक पाण्डेले खाँणलाई ३० लाख धराैटीमा छाड्ने आदेश गरे भने न्यायाधीश प्रकाश खरेलले असहमति जनाउँदै थुनामै राख्नुपर्ने आदेश गरेका छन्। अब तेस्रो न्यायाधीशले यसको निर्क्योल गर्नेछ।

टोपबहादुर रायमाझी र पूर्वगृहसचिव टेकनारायण पाण्डे इन्द्रजित राई, आङटावा शेर्पालगायत थुनामै रहने भएका छन्। केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा थुुनामै रहने छन्।

भुुटानी शरणार्थी टेकनाथ रिजालको नाममा १५ लाख धरौटी निस्किएको छ। पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी  र शमसेर मियाको हकमा १० लाख रूपैयाँ धरौटी निस्किएको छ।

रायमाझीका छोरा सन्दीपको नाममा ३० लाख धरौटी माग भएको छ। रामशरण केसीसँग १५ लाख धरौटी मागिएको छ। आशिष बुढाथोकी, टंक गुरूङ साधारण तारेखमा छुट्ने भएका छन्।

१५ मंसिर, २०८०, १६:२२:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।