झापामा १३ वर्षीया बालिका बलात्कारको अभियोगमा दाजुभाइ नै पक्राउ

झापामा १३ वर्षीया बालिका बलात्कारको अभियोगमा दाजुभाइ नै पक्राउ

झापा : जिल्लामा १३ वर्षीया बालिका बलात्कारको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मेचिनगर नगरपालिका-६ बर्मेली टोल बस्ने ३४ वर्षीय जगतमणि आचार्य रहेका छन्। उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

आचार्यले ती बालिकालाई गत मंसिर ८ गते आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

थप अनुसन्धानको क्रममा जगतमणिको दाइ ३७ वर्षीय बालकुमार आचार्यले ती बालिकालाई ललाई फकाई भाइसँग भेट गराइदिएको भन्ने खुल्न आएपछि उनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

मंसिर १५, २०८० शुक्रबार १३:०८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।