बुवाको हत्या अभियोगमा ४० वर्षीय छोरा पक्राउ

बुवाको हत्या अभियोगमा ४० वर्षीय छोरा पक्राउ
सांकेतिक तस्बिर

रसुवा : आफ्नै बुवाको हत्या अभियोगमा रसुवामा एक जना पक्राउ परेका छन्।

गोसाइँकुण्ड गाउँपालिका-५ सानो भार्खुका ६५ वर्षीय छेवाङ तामाङको हत्या अभियोगमा उनकै छोरा ४० वर्षीय गोपाललाई प्रहरीले बिहीबार राति पक्राउ गरेको हो।

गोपालले मादक पदार्थ सेवन गरी चिर्पट प्रहार गर्दा छेवाङ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते छेवाङको जिल्ला अस्पताल धुन्चेमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरी चौकी स्याफ्रुवेशीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

मंसिर १५, २०८० शुक्रबार १२:५५:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।