भारतको जीडीपी दर केन्द्रीय बैंकको अनुमानभन्दा बढी, चीनलाई पनि उछिन्यो

भारतको जीडीपी दर केन्द्रीय बैंकको अनुमानभन्दा बढी, चीनलाई पनि उछिन्यो

एजेन्सी : भारत एकपटक फेरि विश्वको तीव्र गतिमा अघि बढिरहेको अर्थव्यवस्था बनेको छ।

चालु आर्थिक वर्ष २०२३/२४ को दोस्रो त्रैमासिक जुलाईदेखि सेप्टेम्बरको बीचमा देशको आर्थिक वृद्धिदर ७.६ प्रतिशतको दरले बढेको हो।

भारतीय केन्द्रीय बैंकले दोस्रो त्रैमासिकका लागि ६.५ प्रतिशतको आर्थिक वृद्धिदर अनुमान गरेको थियो। तर वास्तविक तथ्याङ्क अनुमानभन्दा बढी देखिएको हो।

यस आर्थिक वर्षको अप्रिलदेखि जुनसम्मको पहिलो त्रैमासिक अवधिमा जीडीपी ७.८ प्रतिशत थियो। गत आर्थिक वर्ष २०२२/२३ मा दोस्रो त्रैमासिकमा जीडीपी ६.२ प्रतिशत थियो।

आर्थिक वर्ष २०२३/२४ को जुलाई-सेप्टेम्बरमा भारतको जीडीपी दरले चीनलाई समेत पछि पारेको छ। चीनमा यस अविधिको जीडीपी दर ४.९ प्रतिशत हो।

प्रधानमन्त्री नरेन्द्र मोदी जीडीपीको आंकडामा सोचेभन्दा धेरै उच्च आएपछि यसले भारतको अर्थव्यवस्थाको सामर्थ्य देखाउने बताए।

मंसिर १५, २०८० शुक्रबार ०९:४८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।