भूकम्प पीडितका लागि एशियन पेन्ट्सको ५० लाख सहयोग

भूकम्प पीडितका लागि एशियन पेन्ट्सको ५० लाख सहयोग

काठमाडौं : जाजरकोट र रुकुमका भूकम्पपीडितको राहत तथा पुनर्स्थापनाका लागि एशियन पेन्ट्सले ५० लाख सहयोग गरेको छ।

मंगलबार कम्पनीका कन्ट्री डाइरेक्टर जी गोपालकृष्णनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।

कम्पनीले भूकम्पमा ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जली अर्पण गर्दै परिवारमा गहिरो समवेदना प्रकट गरेको छ।

साथै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ।

मंसिर १५, २०८० शुक्रबार ०८:४१:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।