भारतमा नक्कली सिरप पिउँदा पाँच जनाको मृत्यु, दुई जना सिकिस्त

भारतमा नक्कली सिरप पिउँदा पाँच जनाको मृत्यु, दुई जना सिकिस्त

एजेन्सी : भारतको गुजरात राज्यमा नक्कली सिरप सेवन गर्दा दुई दिनमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। अन्य दुई जना अस्पताल भर्ना भएका छन्।

प्रहरीले बिहीबार जनाएअनुसार सो घटना गुजरातको राजधानी गान्धीनगरबाट ६७ किलोमिटर दक्षिणपूर्वमा रहेको खेडा जिल्लामा भएको हो। प्रहरीका अनुसार सिरपमा मिथाइल अल्कोहल रहेको पाइएको छ।

‘पछिल्ला दुई दिनमा सिरप खाँदा पाँच जनाको ज्यान गएको छ भने दुई जनाको अस्पतालमा उपचार भइरहेको छ’, वरिष्ठ प्रहरी अधिकृत राजेश गढियाले सञ्चारमाध्यमलाई भने।

एक गाउँलेको रगत नमुना रिपोर्टले सिरपमा ‘मिथाइल अल्कोहल’ रहेको पुष्टि गरेको उनको भनाइ छ। स्थानीय सञ्चारमाध्यमका अनुसार पसलले करिब ५० जनालाई नक्कली सिरप बेचेको थियो।

प्रहरीले अनुसन्धानका क्रममा पसलेसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको बिलोदरा गाउँको एउटा पसलमा सिरप सहजै बिक्री हुने गरेको पाइएको छ।

मंसिर १५, २०८० शुक्रबार ०८:०२:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।