डिजेल-पेट्रोलको मूल्य घट्दा, एलपी ग्याँसको उस्तै
काठमाडौँ : नेपाल आयल निगमले बिहीबार मध्यरात १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ।
निगमले पेट्रोलमा प्रति लिटर २ रूपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रूपैयाँ मूल्य घटाएको हो। निगमले एलपी ग्यासको मूल्य भने घटाएको छैन। एलपी ग्यास प्रति सिलिन्डर १ हजार ८ सय ९५ रूपैयाँ नै कायम रहेको छ।
अब चार आली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपोको १५ किलोमिटर क्षेत्रमा पेट्रोलको १ सय ६७ रूपैयाँ ५० पैसा मूल्य पर्नेछ।
सुर्खेत र दाङ क्षेत्रमा १ सय ६९ रूपैयाँ तथा काठमाडौँ, पोखरा र दिपायल डिपोको १५ किलोमिटर क्षेत्रमा एक लिटर पेट्रोलका लागि १ सय ७० रूपैयाँ पर्ने छ।
डिजेल र मट्टितेल १ सय ५७ रूपैयाँ ५० पैसा, १ सय ५९ रूपैयाँ र १ सय ६० रूपैयाँ पर्नेछ।
मंसिर १४, २०८० बिहीबार २१:५२:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।