भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला, चार दिनसम्म चल्ने
काठमाडौँ : भृकुटीमण्डपमा बिहीबारबाट अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा भएको मेला मङ्सिर १८ गतेसम्म चल्ने छ।
बिहीबार सभामुख देवराज घिमिरेले मेलाको उद्घाटन गरेका थिए। आयोजकका अनुसार मेलामा २ सय १० वटा स्टलहरूमा स्वदेशी र विदेशी वस्तु तथा सेवाको प्रदर्शनी राखिएको छ। मेलामा चीनबाट ५५, भारतबाट ३०, बङ्गलादेश र पाकिस्तानबाट ८/८ वटा स्टलहरू रहेका छन्।
मंसिर १४, २०८० बिहीबार १६:२५:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।