जाजरकोटमा चिसोले कठ्याङ्ग्रिएर तीन वर्षीया बालिकाको मृत्यु

जाजरकोटमा चिसोले कठ्याङ्ग्रिएर तीन वर्षीया बालिकाको मृत्यु

जाजरकोट : जिल्लाको कुशे गाउँपालिका-१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधबार बिहान मृत्यु भएको छ।

स्थानीय स्वास्थ्य संस्थामा जाँच गर्दा निमोनिया देखिएपछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए।

गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको थियो।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पमा परी एक सय ५३ जनाको मृत्यु भएको थियो भने तीन सय ४६ घाइते भएका थिए।

मंसिर १४, २०८० बिहीबार १३:०३:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।