इजरायल र हमासबीचको युद्धविराम थप एक दिन लम्बियो

इजरायल र हमासबीचको युद्धविराम थप एक दिन लम्बियो

एजेन्सी : इजरायल र हमासबीच जारी युद्धविरामलाई थप एक दिन लम्बिएको छ।

बन्धकहरूलाई रिहा गर्न मध्यस्थकर्ताहरूको प्रयासलाई मध्यनजर राख्दै युद्धविराम थप एक दिन लम्ब्याइएको इजरायली सेनाले जनाएको छ।

हमास पनि यसको पुष्टि गर्दै भनेको छ, ‘इजरायलसँगको युद्धविराम एक दिन अरु थपिएको छ। अब सातौं दिन पनि यो लागू हुनेछ।’

गत शुक्रबारदेखि हमास र इजरायलबीच बन्धकसम्बन्धी भएको सम्झौता अहिले पनि कार्यान्वयनमा छ।

जसअन्तर्गत हमासले केही इजरायली बन्धकहरूलाई रिहा गरिरहेको छ र बदलामा इजरायलले केही प्यालेस्टिनी बन्दीहरूलाई आफ्नो जेलबाट रिहा गरिरहेको छ।

यस अवधिमा युद्धविराम लागू हुन्छ। साथै, सहायता र अत्यावश्यक औषधिले भरिएका ट्रकहरू गाजा प्रवेश गरिरहेका छन्।

युद्धविरामको आज छैटौं दिन हो।

मंसिर १४, २०८० बिहीबार ११:५३:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।